कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

pakrau
सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली प्रहरीले लागुऔषधसहित एक जना पक्राउ  गरेको छ। 


गोदावरी नगरपालिका -१ बसन्तपुरका ४० वर्षीय चेतराज ऐरलाई ९४० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।

ऐरलाई उनकै  पसलबाट चरेश विक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा सो परिमाणमा लागुऔषध भेटिएपछि पक्राउ गरेको थापाले जानकारी दिए।

लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित:
2021/03/27, 6:33