बझाङमा करणी प्रयास आरोपमा शिक्षक पक्राउ

pakrau
सुदूर प्रेस संवाददाता

बझाङ — आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

जयपृथ्वी नगरपालिकाको एउटा सामुदायिक विद्यालयका ३१ वर्षीय शिक्षकले कक्षा ९ की छात्रालाई जबर्जस्ती करणी गर्न खोजेको पीडित पक्षको आरोप छ । धारामा पानी थाप्न गएका बेला गत शनिबार १४ वर्षीया छात्रालाई जबर्जस्ती करणी गर्न खोजेको उजुरी आएपछि शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र कार्कीले बताए ।

प्रकाशित:
2021/03/30, 7:21