कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ मर्‍याे

tiger
सुदूर प्रेस संवाददाता

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घाइते अवस्थामा भेटिएको पाटेबाघ मरेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीका अनुसार शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमा स्तम्भ नजिक बाघ घाइते अवस्थामा भेटिएको थियो । 

साेमवार पर्यटक गाइडले बाघ घाइते देखेपछि निकुञ्ज प्रशासनमा खबर गरेका थिए । सहायक संरक्षण अधिकृत चौधरीले साेमवार राति घाइते बाघ मरेको बताउनुभयो । 

उहाँले सीमा क्षेत्रमा भेटिएकाले बाघ नेपाल वा भारतको हो भन्नेबारे पनि अनुसन्धान थालिएको बताउनुभयो । निकुञ्जमा १६ वटा पाटेबाघ रहेका छन् ।  

प्रकाशित:
2021/03/31, 6:02