भारतमा कोरोना डरलाग्दो रुपमा फैलिँदै, बिहीबार थपिए २ लाख १६ हजार

Corona Update
सुदूर प्रेस संवाददाता

एजेन्सी–भारतमा कोरोनाभाइरसको संक्रमण दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ। बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन्। कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन्।


११ दिनअघि पहिलो पटक दैनिक संक्रमण १ लाख पार गरेको भारतमा त्यसपछि संक्रमितको संख्या कुनै दिन ओह्रालो लागेन। अहिले भारतमा सक्रिय संक्रमितको संख्या  १५ लाख छ। अप्रिल १ मा  संक्रमितको संख्या ६ लाख १५ हजारमात्र थियो।

एकैदिन दुई लाखभन्दा बढी संक्रमित थपिने भारत संसारकै दोस्रो मुलुक हो। भारतभन्दा पहिला संयुक्त राज्य अमेरिकामा एकै दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका थिए।

बिहीबार भारतक १४ राज्य  र केन्द्र प्रशासित क्षेत्रमा कोरोनाको संक्रमण बढेको छ।

संक्रमण बढेसँगै मृत्यु हुनेको दैनिक संख्या पनि बढ्न थालेको छ। बिहीबार भारतभर १ हजार १ सय ८४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। १० दिनअघि भारतमा कोरोनाबाट हुने दैनिक मृत्यु ५ सयभन्दा तल थियो।

भारतमा अहिलेसम्म १ करोड ४२ लाख मानिसमा संक्रमण भएको छ भने १ लाख ७४ हजारले ज्यान गुमाएका छन्।

प्रकाशित:
2021/04/16, 7:32