कांग्रेस नेतृ डा. आरजुद्वारा  सेती प्रादेशिक अस्पताल लाई अक्सिजन कन्सनट्रेटर प्रदान 

सुदूर प्रेस संवाददाता

धनगढी– नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सांसद डा. आरजु राणा देउवाले आज सेती प्रादेशिक अस्पताल लाई दुई थान अक्सिजन कन्सनट्रेटर प्रदान गर्नु भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेले आरजु राणा देउवा बाट दुई थान अक्सिजन कन्सनट्रेटर प्राप्त भएको जानकारी दिनुभयो ।

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । हावामा नाइट्रोजनको मात्रा बढी हुन्छ । करिब ७८ प्रतिशत नाइट्रोजन,२१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यासहरु हावामा हुन्छन् । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्नेभएकाले आपत्कालीन अवस्थामा अक्सिजन कम भएका बिरामीको उपचारमा यसले सहयोग पुग्ने चिकित्सकको भनाइ छ । 

यस अघि पनि कांग्रेस नेतृ देउवाले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्नु भएको थियो ।  अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गर्नु भएको हो । 

 

प्रकाशित:
2021/05/23, 4:23