भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ सयभन्दा धेरैको मृत्यु

Death
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

एजेन्सी–भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ हजार ७४१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा कोरोनाका २ लाख ४० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ६५ लाख नाघेको छ । कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ९९ हजार २६६ जनाको मृत्यु भइसकको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा ३५ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या ३१ हजारभन्दा धेरै छ भने केरलामा पनि २८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । महाराष्ट्रमा पनि २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित:
2021/05/23, 5:15