भारतमा झण्डै ९ हजार जनालाई ब्ल्याक फङ्गस, २९ राज्यलाई प्रकोप घोषणा गर्न आग्रह

fungas

भारतमा झण्डै ९ हजार जनालाई ब्ल्याक फङ्गस भएको पाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ८ हजार ८ सय जनाभन्दा धेरैमा यो रोग देखिएको छ ।

प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको छ । कोरोना  निको भएको १२ देखि १८ दिनमा यसको सङ्क्रमण हुन सक्ने अनुमान गरिएको छ । यो रोग लागेपछि सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको डाक्टरले बताएका छन् । 

कोभिड उपचारका क्रममा प्रयोग गरिने स्टेरोइड औषधिको प्रयोगका कारण ब्ल्याक फङ्गस देखा परेको हुनसक्ने डाक्टरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।  मधुमेह भएका बिरामीमा यसको सङ्क्रमण धेरै हुने जोखिम छ ।  अहिलेसम्म भारतको गुजरात र महाराष्ट्र राज्यका यो रोगको बिरामी धेरै भेटिएका छन् । अन्य १५ वटा राज्यमा पनि यसको सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि भारतका २९ वटा राज्यमा प्रकोप घोषणा गर्न भनिएको छ ।

प्रकाशित:
2021/05/24, 7:34