नेपालमा कोरोनोबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुग्यो

Death
सुदूर प्रेस संवाददाता

काठमाडौँ — कोरोनो भाइरस संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार मंगलबार १६९ मृतक थपिएपछि कोरोनाका कारण कूल मृतक संख्या ६ हजार ७०० पुगेको हो  । 

२४ घण्टामा देशभर ८ हजार ३८७ जना संक्रमित थपिएका छन् । सोही अवधिमा ६ हजार ४०४ कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ रहेको छ ।

प्रकाशित:
2021/05/25, 8:31