आज सङ्क्रमित हुने भन्दा निको हुने धेरै, ६ हजार ७ सय १४ जनामा सङ्क्रमण, ६ हजार ७ सय १६ जना डिस्चार्ज

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाण्डाै – नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ । गएको २४ घण्टामा देशभर ६ हजार सत सय १४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार सात सय १६ निको भएका छन् ।

अहिले कोरोनामुक्त हुने दर ७६ दशमलव ९ प्रतिशत पुगेको छ । नेपालमा अब काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या चार लाख ११ हजार ६ सय तीन पुगेकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाकाे पीसीआर र तीन सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ६ हजार सात सय १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या पाँच लाख ३५ हजार पाँच सय २५ पुगेकाे छ ।

यस्तै काेराेना भाइरसकाे सङ्क्रमणका कारण थप एक सय ४५ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६ हजार आठ सय ८५ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।   

प्रकाशित:
2021/05/26, 5:31