राष्ट्रपतिबाट बजेटसहित तीन वटा अध्यादेश जारी

सुदूर प्रेस संवाददाता

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अध्यादेश जारी गर्नुभएको हो ।

यस्तै आर्थिक अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएको हो । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दैछ ।

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रकाशित:
2021/05/29, 4:36