कोभिड-१९ को खोपका लागि २७ अर्ब ७५ करोड विनियोजन

bajet
सुदूर प्रेस संवाददाता

काठमाडौँ– सरकारले कोभिड-१९ को खोपका लागि २७ अर्ब ७५ करोड विनियोजन गरेको छ।  सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

होम आइसोलेसनमा बस्नेलाई मनोसामाजिक परामर्श घुम्ती सेवाको व्यवस्था गरिने र निशुल्क खोप उपलब्ध गराइने। सम्पूर्ण सामार्थ्य लगाइनेअर्थमन्त्री पौडेलले जानकारी दिए।

सरकारले संसद्‌का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद्‌ विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।

अर्थमन्त्री पौडेलले बजेटको विनियोजन गर्नुअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छन्।

मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश गरी तीन वटा अध्यादेश जारी गरेकी हुन्।

प्रकाशित:
2021/05/29, 4:47