देशभर ३ हजार ७०२ मा कोरोना संक्रमण पुष्टि, ६ हजार २०५ जना निको

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — २४ घण्टामा देशभर ३ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कम पीसीआर नमुनाको परीक्षण भएसँगै संक्रमितको संख्या पनि कम भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ९८६ पीसीआर परीक्षणमा ३ हजार ७०२ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुगेको छ । क्वारेन्टाइनमा ७६३ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०९ जनाको मृत्यु भएको छ ।

प्रकाशित:
2021/05/30, 8:31