सुदूरपश्चिम प्रदेशमा आज र भोली भीषण वर्षा

duban
बिहीबारको वर्षाका कारण डुबेको धनगढी–१३ को श्रीलङ्का टोल
सुदूर प्रेस संवाददाता

धनगढी–जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले शुक्रबार र शनिबार देशका पश्चिमी भेगमा धेरै पानी पर्नेछ।

महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्य बदली रही  प्रदेश  १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। भीषण वर्षा भए पनि केही समयमात्रै हुने उनको भनाई छ। 

राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। प्रदेश २ मा पनि भीषण वर्षा भए पनि क्षणिक मात्र मौसमविद मानन्धरले बताइन्। 

सोमबारदेखि पर्सिदेखि भने मनसुनी वायु देशभर सक्रिय हुने भएकाले देशैभर जसो लगातार पानी पार्ने सम्भवना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित:
2021/07/16, 8:16