पूजापाठ गरेर प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

deuba
सुदूर प्रेस संवाददाता

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ । गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएका उहाँ आज बालुवाटार सर्न लाग्नु भएको हो । धेरैजसो काम गर्दा शुभ साइत हेर्ने उहाँले आज पनि साइत पारेर बालुवाटार सर्न लाग्नु भएको बुझिएको छ ।

साउने सङ्क्रान्ति पनि परेकाले पूजापाठ गरेर उहाँ आज सरकारी निवास जाने निजी सचिवालयले जनाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति निजी निवास बालकोट सरिसक्नु भएको छ ।

प्रकाशित:
2021/07/16, 9:15