२४ घण्टामा २ हजार ७२६ मा कोरोना पुष्टि, १ हजार ७७८ जना संक्रमणमुक्त

corona update
सुदूर प्रेस संवाददाता

धनगढी– पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७२६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर परीक्षणमा मंगलबार थप २ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ८६३ परीक्षणबाट १ हजार १७३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ५१८ परीक्षणमा ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८५ हजार ६७३ पुगेको छ ।


पछिल्लो २४ घण्टामा थप १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ७५८ पुगेको छ ।

प्रकाशित:
2021/07/27, 4:37