कैलालीको कर्णालीमा जिप खस्यो, २ बेपत्ता, ३ जनाको उद्धार

karnali
सुदूर प्रेस संवाददाता

धनगढी– कर्णाली नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् । जिपमा सवार ३ जनाको उद्धार गरिएको छ । कैलालीको कर्णाली चिसापानी–सोल्टा सडक खण्डको बाकाबाट जिप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डोटीको आदर्श गाउँपालिकाका  चन्द्रप्रकाश जोशी र रुपी जोशी बेपत्ता भएका छन् । १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्री जोशी र ३ वर्षीय भुवन जोशीको भने उद्धार गरिएको छ ।


बेपत्ताको खोजी जारी रहेको र ३ बालबालिकाको लम्कीमा सामान्य उपचारपछि कोहलपुर लगिएको जनाइएको छ । घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर लेखिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित:
2021/07/30, 5:09