कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु, तीन अझै बेपत्ता

karnali
सुदूर प्रेस संवाददाता

धनगढी–कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा डुंगा पल्टिएको हो ।

डुंगा पल्टिँदा २२ वर्षीया धनसरी सलामीको मृत्यु भएको हो । यस्तै, २० वर्षीया पार्वती थापा, २२ वर्षीया उर्मिला सलामी र १० दिने बच्चा बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

डुंगामा १० जना सवार रहेकामा दुई बालबालिका घाइते भएका र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।

डुंगामा सवार अरु भने पौडिएर जोगिएका छन् ।

प्रकाशित:
2021/08/02, 7:48