चक्कु प्रहारबाट कैलालीमा युवकको हत्या

death
सुदूर प्रेस संवाददाता

धनगढी– चक्कु प्रहारबाट कैलालीमा एक युवकको  हत्या भएको छ। लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवालको मंगलबार राति ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

दुई समूहबीच झडप हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

प्रकाशित:
2021/11/10, 7:55