दार्चुलामा चट्याङ लागेर ३ जना घाइते

सुदूर प्रेस संवाददाता

दार्चुला – दार्चुलामा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा व्यास गाउँपालिका-२ हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना संकलक घाइते भएका छन् । शनिबार राति करिब ८ बजेतिर हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलकहरु घाइते भएको प्रहरिले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी साहयक निरीक्षक नारायण विष्टको टोली घटनास्थलमा खटिएको बताए ।

उनका अनुसार चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरी बस्पालीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन् ।

प्रकाशित:
२०८० जेठ , ०१:२८
SPA
KN
Priya Gahana Pasal