खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन,प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिर सहित)

योग गुरु रामदेव र आचार्य बालकृष्ण लगायतको सहभागिता
सुदूर प्रेस संवाददाता

धनगढी – भू–स्वर्ग भनेर चिनिने सुदूरपश्चिमको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल खप्तडमा मङ्गलवार देखि  खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । 

May be an image of 1 person, dais and text

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सम्मेलन उद्घाटन गरे। सो अवसरमा वोल्दै उनले खप्तड क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहने बताएका छन् ।

May be an image of 8 people, dais and text

May be an image of 13 people, temple, dais and text

No photo description available.

उनले खप्तड क्षेत्र विकास कोष वा प्रतिष्ठानको मोडालिटीमा काम अघि बढाउने योजना सरकारको रहेको बताए ।

May be an image of 6 people and temple

दाहालले सोही कार्यका लागि खप्तड क्षेत्रको विकासका लागि लगानी बोर्डले डीपीआर समेत तयार गरिसकेको जानकारी दिएका छन् ।

May be an image of 4 people and Saqsaywaman

खप्तडमा अन्तराष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने प्रतिबद्धता समेत प्रधानमन्त्रीले जनाएका छन् । ‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ,’ प्रचण्डले भने, ‘यो क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्छौं ।’

May be an image of 3 people, Saqsaywaman and text

आध्यात्मिक सम्मेलनको उद्घाटन सत्रमा भारतीय योग गुरु रामदेवले खप्तड आध्यात्मकको विश्व केन्द्र बन्न सक्ने बताए ।

May be an image of 6 people and Saqsaywaman

३ दिनसम्म चल्ने सम्मेलन मा योग गुरु रामदेव,आचार्य बालकृष्ण लगायतको सहभागिता छ । 

May be an image of 10 people and Saqsaywaman

सबै तस्बिर हरु प्रधानमन्त्री प्रचण्डको फेसबुक बाट

प्रकाशित:
2023/06/06, 7:25