कञ्चनपुरको कृष्णपुरमा लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–  कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरीयाबाट अवैध  लागूऔषध खैरो हेरोइन करिब ५० मिलिग्रामसहित सोही नगरपालिका–२ बंक बस्ने २० वर्षीय बिबेक साउँदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा  ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित:
2023/06/15, 9:02