सहकर्मी महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा कार्यरत एसएसपी पाल निलम्बित

सुदूर प्रेस संवाददाता

कञ्चनपुर– गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई छ महिनाका लागि निलम्बन गरेको छ । 

सहकर्मी महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका पाललाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले हिजो बिहीवार गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । 

महेन्द्रनगरमा रहेको प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरीले पालले आफूलाई दुर्व्यवहार गरेको भन्दै उजुरी दिनुभएको थियो । उजुरीलगत्तै पाललाई प्रहरी प्रधान कार्यालय बोलाएर छानबिन सुरु गरेको र छानबिन समितिको सिफारिसमा छ महिनाका लागि निलम्बन गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताउनुभयो ।

प्रकाशित:
2023/06/17, 7:42