मन्त्री सिंहको निधनको शोकमा आज सुदुरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा आज सुदुरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मन्त्री सिंहको पार्थिव शरीर लाइ अहिले बिहान ९ बजे धनगढी रङ्गशालामा राखेर श्रद्धाञ्जली गरिने छ । 

No description available.No description available.
मंगलवार डेलधुरामा भएको गाडी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

मन्त्री सिंह चढेको सुप प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो २ बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।


गाडीमा ५ जना थिए । घाइते मन्त्री सिंहलाई तत्काल नजिकै रहेको एक पोलिक्लिनिकमा लगियो । बाँकी चार जनालाई रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारका लागि लगियो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भयो ।

घाइते सिंह, उनका पीएसओ ९प्रहरी हवल्दार० ३५ वर्षीय दीपक ९दीपेन्द्र० भण्डारी र गाडी चालक ३५ वर्षीय धर्मराज जोशीलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेजमा पुर्याउँदा ४ बजेर ५८ मिनेट गएको थियो। 


नेपालगन्ज मेडिकल कलेजमा सिंहसहित भण्डारी र जोशीको आकस्मिक कक्षमा राखेर उपचार थालियो । उपचारमा अस्पतालका निमित्त निर्देशक डा। डुण्डीराज पौडेल नेतृत्वको टोली खटियो । 

अस्पतालका अनुसार बझाङबाट कोहलपुर पुर्‍याउँदा मन्त्री सिंहको नाडी र मुटुको चाल बन्द भइसकेको अस्पतालले जनाएको छ । 

डा.पौडेलसहितको टोलीले अस्पतालको स्रोतले भ्याएसम्म सीपीआर, डीसी सक लगायत कृत्रिम श्वासप्रश्वास इन्टुबेसनसम्म गर्‍यो । अन्ततस्  उपचारमा संलग्न टोलीले साँझ ५ बजेर ३३ मिनेट जाँदा मन्त्री सिंहलाई मृत घोषणा गर्‍यो ।

No description available.

 

 

प्रकाशित:
2023/06/21, 7:11