सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधनप्रति प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित

सुदूर प्रेस संवाददाता

धनगढी– प्रतिनिधिसभाले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मन्त्री सिंह मंगलबार बझाङमा सवारी दुर्घटना परेका थिए । उनको उपचारका क्रममा मंगलबार नै नेपालगञ्जमा निधन भएको थियो ।


प्रदेश सभा सदस्यसमेत रहेका मन्त्रीको निधन हुँदा प्रतिनिधिसभा सदस्यसरहकै सम्मान प्रकट गरेको हो । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै शोक प्रस्ताव पारित भएको थियो । शोक प्रस्ताव पारित भएपछि उक्त बैठक स्थगित गरिएको थियो ।

शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेका बेलमा उक्त बैठकमा अन्य कार्यसूचीमा कारवाही अघि बढाउने प्रचलन छैन । पहिलो बैठकबाट शोक प्रस्ताव पारित भएपछि बुधबारै अर्को बैठक बस्दैछ ।

प्रकाशित:
2023/06/21, 2:20