सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी–आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । गएको जेठ अन्तिमदेखि मध्य र पूर्वी क्षेत्रमा मात्रै लगातार पानी पर्ने गरेकोमा आज सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ ।

आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । राति भने धेरै ठाउँमा पानी पर्ने अनुमान छ । राति कोशी, मधेस, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार मनसुन सक्रिय भएको छ । धेरै ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको छ । भिरालो जमिन तथा खोला, नदी आसपासमा रहेकाहरूलाई उच्च सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ । खासगरी रातको समयमा विशेष ख्याल गर्न मौसमविद्को आग्रह छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/०३/०८ देखि २०८०/०३/१०)

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको    भने बाँकी भू-भागमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।

 हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर आंशिक देखि सामान्य बदली  रही सबै प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ 

 

२०८० आषाढ ०८ गते (शुक्रबार) 

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशीमधेश, कर्णाली र सुदुरपश्चिम  प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

  

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशीमधेशबागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

२०८० आषाढ ०९ गते (शनिबार) 

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशभर केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

  

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशभर धेरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका थोरै स्थानमा  साथै कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ १० गते (आईतबार) 

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, कर्णाली गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

  

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours)

देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशीमधेशबागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा र मेघ-गर्जन/चट्याङ्ग का कारणले हुन सक्ने बाढीपहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flowका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। सडक तथा हवाई यातायात, कृषी, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने देखिन्छ।

प्रकाशित:
2023/06/23, 9:38