जब कैलाली कारागारमा छोरो भेट्न गएकी आमा सँग ब्राउन सुगर भेटियो....

सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली कारागारमा लागु औषध मुद्दामा कैद भुक्तान गरी रहेका छोरालाई भेट्न गएकी एक आमा ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । 

धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने  ५० वर्षीय कमलादेवी अवस्थीलाइ कारागार भित्रै चेकजाँचका क्रममा ५ ग्राम ४० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित प्रहरीले आज पक्राउ गरेको हो । 

उनका छोरा  २१ वर्षीय ओमप्रकाश अवस्थी कैलाली कारागारमा लागु औषध मुद्दामा कैद भुक्तान गरी रहेका छन् । 

कारागार सुरक्षार्थ खटिएका प्रहरीले चेकजाँच गर्ने क्रममा  बिस्कुटको प्याकेट भित्र  ब्राउन सुगर भेटाएको हो । लागु औषध ओसारपसारमा संलग्न उनकी बुहारी अर्थात् ओमप्रकाशकी श्रीमती लाइ पनि प्रहरीले पक्राउ गरेको छ । दुवै माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

 

प्रकाशित:
2023/06/25, 7:02