देशभर मनसुनी वायुको प्रभाव : सुदूरपश्चिममा हल्कादेखि भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– हाल देशभर मनसुनी वायुको प्रभावका कारण आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले बिहान कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा आज वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मधेस प्रदेशका धेरै भूभाग र बांकी तराईका थोरै स्थानमा भने हावाहुरीको समेत सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी र मधेस प्रदेशका धेरै भूभाग र बाँकी तराईका थोरै स्थानमा हावाहुरीकोसमेत चल्ने महाशाखाको पूर्वानुमान छ ।

भोलि (मंगलबार) कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थान र बाँकी तराईका धेरै भू-भागहरूमा हावाहुरीको समेत सम्भावना छ।

राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थान र बाँकी तराईका धेरै भू-भागमा हावाहुरीको समेत सम्भावना छ।

बुधबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/०३/११ देखि २०८०/०३/१३)

२०८० आषाढ ११ गते (सोमबार) 

दिउँसो:  देशभर सामान्य बदली रहनेछ।  कोशी, बागमतीगण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , गण्डकीलुम्बिनीकर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै भूभागहरू र बांकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत संभावना रहेको छ।

राती: कोशीगण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी,  बागमती र गण्डकीलुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका  थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकीलुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका धेरै भूभागहरू र बाँकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत संभावना रहेको छ।

२०८० आषाढ १२ गते (मंगलबार) 

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी,  बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशीबागमती र कर्णाली  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानहरू र बाँकी तराईका धेरै भू-भागहरूमा हावा हुरीको समेत संभावना रहेको छ।

राती: कोशीगण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी,  गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानहरू र बाँकी तराईका धेरै भू-भागहरूमा हावा हुरीको समेत संभावना रहेको छ।

२०८० आषाढ १३ गते (बुधबार) 

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours)

 बागमतीगण्डकीलुम्बिनीकर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकीलुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले  सडक तथा हवाई यातायातस्वास्थ्यकृषिपर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

 भारी वर्षा र मेघ-गर्जन/चट्याङ्गका कारणले हुन सक्ने बाढीपहिरोडुबानभू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

प्रकाशित:
2023/06/26, 7:41