देशभर पानी पर्ने, तराईमा हावाहुरीको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– देशभर आँशिकदेखि सामान्य बदली भई कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावाहुरीकोसमेत सम्भावना छ।

राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरी चल्न सक्न महाशाखाले जनाएको छ ।

भोलि (बिहिबार) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावाहुरीकोसमेत सम्भावना छ।

राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ। गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्नेछ ।

शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । राति पनि देशका धेरै स्थानमा वर्षा हुनेछ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने सक्ने सम्भावना छ । 

प्रकाशित:
2023/06/28, 7:40