यात्रु बाहक बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

सुदूर प्रेस संवाददाता

एजेन्सि - भारतको नागपुरबाट पुणेतर्फ गइरहेको बसमा अचानक आगलागी हुँदा २५ यात्रुको मृत्यु भएको छ ।

शनिबार बिहान मुम्बई–नागपुर एक्सप्रेस वे (समृद्धि राजमार्ग) मा उक्त दुर्घटना भएको बीबीसी हिन्दीले जनाएको छ । 

बसमा एक्कासी भीषण आगलागी हुँदा अधिकांश यात्रुले बाहिर निस्कने मौकै नपाएको र ठूलो संख्यामा हताहती भएको अधिकारीहरुले जनाएका छन् । महाराष्ट्र प्रहरीकाअनुसार हालसम्म उक्त दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका छन् । 

उक्त बसमा ३३ यात्रु सवार रहेको जनाइएको छ । निन्द्रामा रहेका कारण धेरै जसो यात्रीको मृत्यु भएको हो । ८ जनाले भने ज्यान बचाएका छन् । 

उक्त बसको टायर पड्किएपछि सडकको डिभाइडरमा ठोक्किएर बस पल्टिएको थियो । त्यस क्रममा बसको डिजेल ट्यांकी फुटेको र आगोको झिल्का निस्कदा आगलागी भएको जनाइएको छ । 

प्रकाशित:
2023/07/01, 8:09