लरी दुर्घटना हुँदा ४८ जनाको मृत्यु ३० जना भन्दा धेरै घाइते

सुदूर प्रेस संवाददाता

एजेन्सि -अफ्रिकी देश केन्यामा लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् ।

हिजो बेलुका सिपिङ कन्टेनर बाेकेर आएकाे लरी केन्याकाे पश्चिमी क्षेत्र लाेन्डिआनीकाे रिफ्ट उपत्यका नजिकै अनियन्त्रित हुँदा सडक छेउछाउमा पार्किङ्ग गरिएका अरु धेरै गाडीसँग ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरीकाे भनाइ छ । लरीले पैदल यात्रु तथा ६ वटा भन्दा धेरै गाडीलाई कुल्चेको अलजजिराले जनाएको छ । ज्यान गुमाउनेमा पैदल यात्रुसहित युवा तथा व्यवसायी रहेका छन् ।

ठक्कर दिएका बस, ट्रक, कार र मोटरसाइकलका टुक्राहरु छरीएका छन् । केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।  

केन्यामा ठूला सडक दुर्घटनाकाे दर बर्सेनि बढीरहेकाे छ । गएकाे वर्ष पनि मध्य-केन्यामा यात्रुवाहक बस पुलबाट नदीमा खस्दा ३४ जनाकाे ज्यान गएकाे थियाे ।

प्रकाशित:
2023/07/01, 10:57