नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रूपमा खुल्यो

सुदूर प्रेस संवाददाता

चितवन - नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रूपमा खुलेको छ ।

बिहबार पहिरो खसेकै स्थानमा आज बिहान फेरि पहिरो खसेपछि अवरुद्ध भएको सडक आंशिक रूपमा खुलाइएको हो । इच्छाकामना गाउँपालिका-५ तीन किलोमा बिहान खसेको पहिरो एक्स्काभेटरको मद्दतले पन्छाइए पनि माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले सडक आंशिकमात्रै खुलेको प्रहरीले जनाएको छ । 

बिहीबार मध्याह्नदेखि अवरुद्ध सडक हिजो साँझ ५ बजे मात्रै सञ्चालनमा आएको थियो । हिजो २८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएका  सवारी साधनलाई गन्तव्यतर्फ पठाई नसक्दै फेरि पहिरोले बिहानभर सडक अवरुद्ध हुँदा राजमार्गमा सवारी साधनको लामो लाम लागेको छ ।

प्रकाशित:
2023/07/01, 2:51