सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

धनगढी– कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली छ। कोशी प्रदेशका केही स्थानका साथै गण्डकी, बागमती र कर्णालीप्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शुक्रवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  कोशी, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

शुक्रवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले भनेको छ।

प्रकाशित:
2023/07/07, 7:10