विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

डोटी– डोटीमा विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी परेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना बिरामी भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमला अनुसार विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको छ । 

११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । ९ जनालाई आज बिहान ३ बजे र अन्य २ जनालाई केही समयपछि अस्पताल ल्याइएको थियो । उनीहरूको अवस्था खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित:
2023/07/09, 7:43