सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– हाल देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ । पश्चिममा भने सरदर स्थानभन्दा दक्षिणतर्फ छ ।

आज दिउँसो देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

राति सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाको पूर्वानुमान छ ।

भोलि (बुधबार) पनि देशका धेरै जसो स्थानमा पानी पर्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा भने हावाहुरीसमेत चल्ने छ ।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित भारीदेखि धेरै भारी वर्षा हुनेछ । मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्नेछ ।

बिहीबार पनि देशका अधिकांश स्थानमा वर्षा हुनेछ । यसका साथै कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। सुदरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने पूर्वानुमान छ ।

 

राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्नेछ । 

प्रकाशित:
2023/07/11, 7:22