करेन्ट लागेर पाँच जना बोलबम यात्रीको ज्यान गयो

सुदूर प्रेस संवाददाता

एजेन्सी– भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको ज्यान गएको छ ।

बोलबम यात्रीहरु चढेको गाडीले विद्युतको हाइटेन्सन लाइनको तारमा छोइँदा करेन्ट लागेर उनीहरुको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति आठ बजेतिर भएको घटनामा १० जना घाइते भएकामध्ये उपचारका क्रममा पाँच जनाको ज्यान गएको हो । अरु पाँच जना घाइतेहरुको उपचार भइरहेको छ ।

यस्तै, हिजो र अस्ति भारतको मुजफ्फरनगर जिल्लामा भएका छुटाछुटै गाडी दुर्घटनामा पनि चार जना बोलबम यात्रीको ज्यान गएको थियो । 

प्रकाशित:
2023/07/16, 8:24