टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम बढाएको अमेरिकी सुरक्षा विज्ञको विश्लेषण

सुदूर प्रेस संवाददाता

एजेन्सी– अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञले लोकप्रिय एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको बताएका छन् ।

टिकटक चिनियाँ सरकारको स्वामित्वमा रहेको छ । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी पुर्‍याउने गरेको सङ्घीय जाँच ब्यूरो (एफबिआई) ले उल्लेख गरेको अमेरिकी अखबार द हिलले लेखेको छ ।

एफबिआईले सार्वजनिक गरेको सूचनाका आधारमा सिनेटर मार्क वार्नरको नेतृत्वमा एक समूहले वाणिज्य विभागलाई टिकटकमाथि नियमनको अधिकार प्रदान गर्ने कानुन बनाएको छ ।

राष्ट्रपति जो बाइडेनले पनि यो कानुनलाई तत्काल अनुमोदन गरेर पारित गर्न आह्वान गरेको खबरमा उल्लेख छ ।

टिकटकमात्र व्यक्तिगत विवरण सङ्कलन गर्ने पहिलो कम्पनी नभएको र वि च्याटजस्ता धेरै अन्य एप चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध रहेकोले गम्भीर भएर हेर्नुपर्ने अमेरिकी सुरक्षा विज्ञको सुझाव छ ।

प्रकाशित:
2023/07/19, 9:09