६ अर्ब लागतमा भवननिर्माण सम्पन्न भइसकेको गेटामा एक सय शैया अस्पताल सञ्चालनको तयारी 

साउन महिनाको अन्तिम वाट अस्पताल सञ्चालन गरीने
सुदूर प्रेस संवाददाता

धनगढी–गेटा मेडिकल कलेजमा अन्तः एक सय शैयाको सामान्य अस्पताल सञ्चालनको तयारी अघि बढाइएको छ । स्थानीयबासिन्दाले लामो समयदेखि आन्दोलन गरेर मागगर्दै आएको मेडिकल कलेज लाइथाँती राखेर एक सय शैयाको अस्पताल सञ्चालनकालागि सरकारले तयारी अगाडि बढाएको हो । 
गेटामा २०७३ सालमा झन्डै ८ अर्ब १४ करोडको लागतअनुमानमा मेडिकल कलेज निर्माणको काम सुरु भएको थियो । हाल सम्म ५ अर्ब ९९ करोड रुपैयाँखर्च भइसकेको छ । उक्त रकममा मेडिकल कलेजकालागिआवश्यक पर्ने अस्पताल, कलेज, प्रशासनिक, छात्रवास, चिकित्सकआवास र क्यान्टिन गरी २८ वटा भवनको निर्माण कार्य सम्पन्नभइसकेको छ । तीभवनहरूमा साढे ११ करोडको लागतमाफर्निचर समेत राखिएको छ । तर सरकारले मेडिकल कलेजलाई थाँती राख्दै एक एक सय शैयाको सामान्य अस्पताल सञ्चालनको तयारी सुरु गरेको छ । जसकालागि १ सय ४० जनाको अस्थायी दरबन्दी स्वीकृत भइसको छ । यसै साउन महिनाको अन्तिम वाट न्यूनतम सेवा सहितको अस्पताल सञ्चालनगर्ने  तयारी भइरहेको अस्पतालका निर्देशक डा. प्रमोद जोशीले वताए । 
स्वास्थ्यतथाजनसङ्ख्या मन्त्रालयका सचिवको नेतृत्वमा अस्पताल सञ्चालन र व्यवस्थापन समवन्धमा गठित ६ सदस्यीयउच्चस्तरीय कार्यदलले ३ सय शैयाको  अस्पताल सुरु गर्ने प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पेस गरेको थियो । तर सुरुवातमा सञ्चालनगर्न नसक्ने अवस्था देखिएपछि यसलाई एक सय शैयावाट सुरु गर्नलागिएको उनले बताए । विस्तारै ३ सयमा लगीने उनले जानकारी दिए । 
सरकारले यसको निर्माणका लागि स्थापना गरेको शिक्षा,विज्ञान तथाप्रविधिमन्त्रालयमातहतको मेडिकल कलेज पूर्वाधार निर्माण समितिचालु आर्थिक वर्षवाट खारेज गरिदिएको छ । तर यसको स्वामित्व हस्तान्तरण अझै भएको छैन । जसका कारण निर्माणाधीन अवस्थामारहेका बाँकीकामको रेखदेख कसले गर्ने भन्ने अन्यौले छ । 
मन्त्रिपरिषद् बैठकले गेटामा शहीददशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनागर्ने निर्णय गरेको थियो । तर बजेटमा प्रतिष्ठान बनाइ एक सय शैयाको अस्पताल सञ्चालनगर्ने उल्लेख गरीएपछि यहाँका स्थानीयले मोडालीटि परिवर्तनको विरोधमाकरिब डेढ महिनानिरन्तर आन्दोलन गरे । तर राज्यको यति ठुलो लगानीमावनेको संरचनामाएक सय शैयाको सामान्य अस्पतालमै सीमित भएको छ । 

प्रकाशित:
2023/07/21, 7:05