सुनको भाउ लगातार बढ्दै, आज ८ सय रुपैयाँले महँगो

सुदूर प्रेस संवाददाता

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ ।

हिजो तोलामा पाँच सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको ४ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो  । त्यतिबेला तोलामा सुन १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । आजको भाउ यो भन्दा मात्र एक सय रुपैयाँले कम हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित:
2023/07/27, 11:13