आज पनि देशका धेरैजसो ठाउँहरूमा वर्षाको सम्भावना

धनगढी– पछिल्ला दिनहरूमा देशका केही पहाडी तथा उच्च पहाडी भू-भागमा वर्षा हुने क्रम जारी छ ।

आज पनि गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित:
2023/07/30, 7:33