६ किलाे चरेससहित दार्चुलामा दुई जना पक्राउ

सुदूर प्रेस संवाददाता

दार्चुला — गोकुलेश्वरबाट ६ किलो चरेससहित दुई जनालाई प्रहरिले पक्राउ गरेको छ । सोमबार बिहान शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ केजी १ सय ग्राम लागूऔषध चरेससहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चरेससहित पक्राउ पर्नेमा महाकाली नगरपालिका-४ का ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन् ।  

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले दुवै जना पक्राउ परेका हुन् । प्रहरी टोलीले शंका लागि जाँच गर्दा दुवै जनाले बोकेको झोलामा प्लास्टिकभित्र लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2023/08/07, 12:41