धनगढीमा १ किलो चरेस सहित दुई जना पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको धनगढी उपमहानगरपालिका –१८ थापा घाटमा १ किलो चरेस सहित दुई जना पक्राउ परेका छन् । शनिवार साँझ नेपाल वाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, बिओपी फुलवारिबाट सहायक प्रहरी नायव निरीक्षक दासीराम चौधरीको कमान्डमा खटिएको ७ जनाको पैदल गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा उक्त चरेस बरामद गरेको हो । से. ५ प ८१४० नम्बरको स्कुटरलाई शङ्का लागी चेकजाँच गर्ने क्रममा चरेस फेला परेको हो  । पक्राउ पर्नेमा धनगढी १८ का २४ वर्षीय केदार बोहरा र सोही ठाउँ बस्ने २७ वर्षीय सन्तोष विष्ट छन् ।  उनीहरूको साथबाट कालो प्लास्टिकमा बेरेको अवस्थामा १ किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित:
2023/09/24, 7:27