पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पक्राउ

सुदूर प्रेस संवाददाता

काठमाडौं – पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा काठमाडौंको बौद्धबाट पक्राउ परेका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले प्रतीकलाई फरार सूचीमा राखेर यसमा संलग्नहरूविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

२०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि प्रतीक फरार थिए । २०८० वैशाख २१ गते प्रेस विज्ञप्ति जारी गरी प्रतीकले आफू यसमा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताएका थिए । तर प्रहरी अनुसन्धानकै क्रममा उनी फरार थिए । उनीविरुद्ध रेड नोटिस जारी थियो ।

रामबहादुर गृहमन्त्री भएका बेला प्रतीक केही समय स्वकीय सचिवसमेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।

यो मुद्दमा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा नीरज पनि फरार अभियुक्त हुन् ।

प्रकाशित:
2024/06/29, 8:48
SPA
KN
Priya Gahana Pasal