माया मेट्रो अस्पतालमा ८ किलो ट्युमर भएकी महिलाको सफल अप्रेसन

सुदूर प्रेस संवाददाता

धनगढी– कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पतालले ले ८ किलो ट्युमर भएकी एक महिलाको सफल शल्यक्रिया (अप्रेसन) गरेको छ ।  बिहीबार डडेल्धुरा घर भएकी ५५ वर्षीय एक महिलाको ८ किलोग्राम तौलको ट्युमरको सफल शल्यक्रिया गरेको अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए ।  अस्पतालका वरिष्ठ ल्याप्रोसकोपिक तथा जनरल सर्जन डाक्टर विकास मण्डल र वरिष्ठ एनेस्थेसिया तथा क्रिटिकल विशेषज्ञ डाक्टर मोहन राज भट्टराईको टिमले सफलतापूर्वक उक्त शल्यक्रिया गरेको हो । महिला विगत एक वर्ष देखि उक्त समस्याबाट पीडित  थिइन् । एक वर्ष देखि पेट सुनिएर खाना खान पनि समस्या भएको र उनमा कमजोरी समेत बढ्दै गइरहेको थियो । यस अघि  यस्ता जटिल खालका बिरामीले उपचारका लागी काठमाडौं,नेपालगन्ज अथवा भारतका विभिन्न अस्पताल पुग्नु पर्ने बाध्यता थियो । तर पछिल्लो समय माया मेट्रो अस्पतालले धनगढीमै विशेषज्ञ डाक्टरहरूको टिम र नयाँ नयाँ उपकरण राखेर उपचार गर्न थालेपछि बाहिर जाने बिरामीको सङ्ख्या केही घटेको छ । कतिपय मानिसहरू अहिले पनि पलिया,बरेली,सितारगन्ज लगायतका ठाउँमा गएर ठगिने गरेका छन् । 

 

प्रकाशित:
2024/07/05, 7:55
SPA
KN
Priya Gahana Pasal