धनगढी–अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन । मुख्यमन्त्रीको आग्रहमा विश्वासको मत लिने प्रयोजनका लागी सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शुक्रवार अपराह्न ४ बजे प्रदेश सभा बैठक बोलाएको छ । २० गते एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले अन्तिम दिन विश्वासको मत लिन लागेका हुन । तर सोडारीले प्रदेशसभा वाट विश्वासको मत भने पाउने अवस्था भने छैन । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत लिनका लागी २७ जनाको समर्थन चाहिन्छ । तर उनी सँग आफ्नो दल एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका १० गरी १६ जना मात्रै छन् । नयाँ गठबन्धनमा रहेका कांग्रेश सँग १८ र एमाले सँग ११ गरी २९ जना प्रदेशसभा सदस्य रहेकाले सहजै सरकार बन्ने अवस्था छ । अझ नागरीक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्यले पनि नयाँ गठबन्धनलाई समर्थन गर्ने जनाएका छन् । सोडारी नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट पारित गराउन नसकेपछि साउन १ गते देखि प्रदेश बजेट होलिडे को अवस्थामा छ । सत्ता र प्रतिपक्षबिचको सत्ता स्वार्थ र इगोले प्रदेश सभाबाट बजेटसम्बन्धी ऐनहरू पारित नहुँदा सरकारले प्रदेश मातहतका कार्यालयमा राजस्व उठन सकेको छैन । बजेट शून्यताको अवस्था आउनुमा मुख्यमन्त्री र एमाले दोषी छन् । एमालेका आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले आफैले ल्याएको बजेट पारित नगरी समर्थन फिर्ता लिएपछि प्रदेशमा बजेट शून्यताको अवस्था सृजना भएको हो । अब नयाँ आउने सरकारले अध्यादेश मार्फत बजेट ल्याए पछि मात्रै प्रदेशमा बजेट शून्यताको अवस्था अन्त्य हुने छ ।त्यस पछि मात्रै प्रदेशमा राजस्व उठाउन र खर्च गर्न बाटो खुल्ने छ ।