विनयी खोलाको बाढीले यात्रुबाहक बस बगायाे

तीन बच्चासहित ३८ जना यात्रुको उद्दार
सुदूर प्रेस संवाददाता

नवलपरासी– गएराति करिव ११ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । पूर्वबाट बर्दियातर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसबाट सबै अर्थात तीन बच्चासहित ३८ जना यात्रुको उद्दार गरिएको छ ।

बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ । गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिएपछि यो सडकमा डाइर्भसन बनाइएको थियो । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ ।

प्रकाशित:
2025/06/20, 8:17
SPA
KN
Priya Gahana Pasal