कैलाली — कैलालीमा एकैदिन ९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुधबार जिल्ला अदालत कैलालीबाट विभिन्न मुद्दामा दोषी ठहर भई ८२ हजार रुपैयाँ जरिवाना तोकिएका ८ जना फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी अदालतमा पेस गरिएको छ ।
यससँगै, चेक अनादरसम्बन्धी एक सक्रिय मुद्दामा फरार रहेका एक जनालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट ७ दिनको म्याद थप गराई हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन यो अभियानलाई अझ प्रभावकारी र सशक्त बनाइनेछ । प्रहरीले यस्ता कारबाहीलाई नियमित रुपमा अघि बढाइने जनाएको छ । तर उनीहरुको नाम भने प्रहरीले सार्वजीनक गरेको छैन् ।