मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर

सुदूर प्रेस संवाददाता

 धनगढी– जबर्जस्ती करणी आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । पीडित महिलाले दिएको जाहेरीपछि झालाई प्रहरीले गत साउन ४ गते पक्राउ गरेको थियो । 

झाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो ।

प्रहरी अनुसन्धान अनुसार, २०८१ साल जेठ ४ गते नयाँ बानेश्वरस्थित डेरामा एक्लै बसिरहेकी महिलामाथि झाले जबर्जस्ती प्रवेश गरी करणी गरेको विवरण उजुरीमा उल्लेख छ । झाविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २१९ अनुसार अनुसन्धान गरिएको थियो । 

उपदफा २ को खण्ड (ङ) अनुसार १८ वर्ष वा सोभन्दा माथिका महिलामाथि जबरजस्ती करणी गरेमा ७ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार मागदाबी गर्दै मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो ।

प्रकाशित:
2025/07/30, 8:31