घाँसको व्यावसायिक उत्पादन हुँदै

Grass
सुदूर प्रेस संवाददाता

प्युठान ऐरावती गाउँपालिका–६ बिजुली बैरेनीका लालमणि पाण्डेले व्यावसायिक रुपमा घाँसका विरुवा उत्पादन गर्दै आएका छन्। चालिस वर्षीय पाण्डेले १३ वर्षसम्म अस्थायी करारमा साविकका २४ गाविसमा सामाजिक परिचालकको जागिर छोडेपछि व्यवसायिक रुपमा घाँसका विरुवा उत्पादन शुरु गरेको बताए। 

विसं २०७३ मा उनले घरेलु तथा साना उद्योग कार्यालय र पशु कार्यालयमा क्षितिज बाख्रा तथा घाँसेवाली बीउबेर्ना नामक फर्म दर्ता गरी व्यवसाय शुरु गरेका थिए। पहिलो वर्षको चार महिनामै नर्सरीबाट विरुवा उत्पादन गरी बिक्री वितरण गरेको बताए। पाण्डेले आफ्नै पाखो बारी र खेतमा करीब चार रोपनी क्षेत्रफलमा घाँसका विरुवा उत्पादन गरेको बताए। हाल फर्ममा डाले र मसिनो गरी करिब १४ हजार घाँसका विरुवा उत्पादन भएका छन्। 
 
उनले घाँसका विरुवाहरु बिक्री गरेर आर्थिक उपार्जन समेत आर्जन गर्दै आएका छन्। पहिलो वर्ष रु १५ हजार, दोस्रो वर्ष रु ६० हजार, तेश्रो वर्ष रु ६१ हजारबराबरको घास बिक्री गरेको सञ्चालक पाण्डेले बताए। त्यस्तै गत असारमा रु एक लाख २० हजारको घास उत्पादन गरेपनि रु ३७ हजार बराबरको मात्र घाँसका विरुवा बेच्न सफल भएका छन्। 

 
प्रकाशित:
2020/09/04, 9:52