रहात बाेकेर मुख्यमन्त्री भट्ट अछाम र बाजुरामा

Trilochan
सुदूर प्रेस संवाददाता

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट  एका बिहानै अछाम र बाजुरा पुगेका छन् । प्रदेश मुकाम धनगढीवाट बाढी पहिराे पिडीतकालागि रहात बाेकेर मुख्यमन्त्री भट्टकाे टाेली त्यसतर्फ हिडेकाे हाे ।

मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचिवसहितको टोली नेपालीसेनाकाे हेलिकप्टरमार्फत अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनी बजार र बाजुरा गौमुल लगायतका ठाउँका बाढी प्रभावित परिवारहरुका लागि राहत सामग्री लिएर गएका हुन् ।

मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिब ओलीका अनुसार मुख्यमन्त्री सहितको टोली बाढीले घर बगाएका परिवारहरुका लागि त्रिपाल र कम्बल जस्ता आवश्यकीय सामाग्रीसाथै टोलीले मृतक परिवारलाई घोषणा गरेको एक लाख रुपैयाँ राहत पनि हस्तान्तरण गर्नेछ ।

भदौ ३ गते राति अछामकाे कैलाश खोलामा आएको बाढीले किनारमा रहेको सैनीबजारका १७ घर बगाएको थियो । घटनापरि ८ जनाले ज्यान गुमाएका थिए भने ९ जना अझै बेपत्ता छन् ।  यसैगरी साउन अन्तिम साता र भदौ ३ गते बाजुराको गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका लगायतका ठाउँमा ठुलो क्षति पु¥याएको थियो ।

प्रकाशित:
2020/09/04, 10:59