एकै दिन धनगढीमा ५० कोरोना सङ्क्रमित थपिए 

धनगढीमा सङ्क्रमितको सङ्ख्या तीन सय ६९ पुग्यो
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी – आज धनगढीमा मात्रै थप ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार नौ जना महिला र ४१ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो। 

योसँगै धनगढीमा सङ्क्रमितको सङ्ख्या तीन सय ६९ पुगेको छ। 

प्रकाशित:
२०७७ भदौ २५, ०४:००
SPA
KN
Priya Gahana Pasal